Home

Nepal Neighborhood Businesses

Latest Updates

सप्तकोशी न. पा. का मेयर श्री उत्तम कुमार गौतम मेसिनबाट धान रोपाइ गर्नुहुँदै । आजको असार १५ मा एउटा ८ लाईन धान रोप्ने आधुनिक मेसिनबाट ३ घण्टामा १७ कठ्ठा जमिनमा आधुनिक तरिकाले धान रोपिएको छ । तराईका ठुला खेत तथा गर्‍हामा यस्ता मेसिनबाट धान रोपाई गर्दा १५- २० प्रतिशत बिउ कम लाग्ने र उत्पादन २०-२५ प्रतिशत वृद्धी हुने प्राविधिकहरुको अध्ययनले देखाएको छ । अब हामी पनि यही प्लटलाई अध्ययनको लागी प्रयोग गर्नेछौ र हाम्रा कृषक, कृषी उद्ध्यमी र नेपाल सरकारका कृषी सम्बद्ध निकायहरुसँग निरन्तर धान खेतिमा नेपाल सुहाउदो आधुनिकिकरणका उपाय र प्रविधी खोज्दै र भित्र्याउदै जानेछौ । भोली पनि रोपाई कार्यक्रम रहेको हुँदा इच्छुक साथिहरु आउन सक्नुहुनेछ । कार्यक्रमलाई सफल बनाउन महत्त्वपुर्ण भूमिका निभाउनुहुने - श्री जिल्ला कृषि विकास कार्यालय, उदयपुर - श्री गोवर्धन बैरागी जनता मा.वि. , फत्तेपुर - हाम्रा प्राविधिक टोली र् - समस्त हामिलाई माया गरी साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद र कृतग्ज्ञता व्यक्त गर्दछौ ।

May this year brings happiness to all of you #HAPPY #NEW #YEAR😊😊😊